थप २ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि

काठमाडौँ, ४ असार । नेपालमा कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता पा. डा. जागेश्वर गौतमले कैलालीका एक महिला र एक पुरुषको कोरोनाका मृत्यु भएको पुष्टि गरे । जेठ ३१ गते कोरोना पुष्टि भएका ४६ वर्षे पुरुषको असार ३ गते बेलुका मृत्यु भएको थियो । त्यसैगरी, टाउकोमा चोट लागेर अस्पताल भर्ना भएकी ४३ वर्षीया महिलाको परीक्षण गर्दा मृत्युपछि उनमा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जनाए । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । बिहीबार थप ६ सय ७१ जनामा कोरोना देखिएसँगै हालसम्म कुल संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।
Previous Post Next Post