पालुङटारका संक्रमित सातै जनाको पहिचान खुल्यो
बिहिबार बिहान कोरोना संक्रमण पुष्टि भएका पालुङटार नगरपालिकाका सात जनाको पहिचान खुलेको छ ।
नगरपालिकाका स्वास्थ्य शाखाका दीपेन्द्र गिरीका अनुसार वडा नं. २ का एक दम्पत्ति रहेका छन् । उनीहरु भारतबाट आई शारदा मावि क्वारेण्टाइनमा बसेका थिए ।
सातजना संक्रमितमध्य बाँकी पाँच जना वडा नं. ७ का रहेका छन् । उनीहरु सबै जना भारतबाट आई जीवनज्योति माविको क्वारेण्टाइनमा रहेका थिए ।