काेराेना संक्रमितको संख्या उच्च भएपछि भिमसेन थापा गाउँपालिका ‘एक हप्ता सिल’


गोरखा- कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जिल्लाकाे भिमसेन थापा गाउँपालिका लागि सिल भएकाे छ ।

कोरोना भाइरसका बिरामी बढ्दै गएको र कन्ट्याक्ट ट्रेसिङमा समेत केहीलाई संक्रमण देखिएपछि गाउपालिका सिल गर्ने निर्णय भएको हाे ।

गाउँपालिकाले पालिकाभर बन्दाबन्दीको घोषणा गरेपछि सदरमुकामबाट थप सुरक्षाकर्मी पठाइएको छ। सिसिएमसी गोरखाको बैठकले सुरक्षाकर्मीको संख्या बढाउने निर्णय गरेको थियो ।

बिहिबार बसेको गाउँ कार्यपालिकाको २३औं बैठकले अर्को निर्णय नभएसम्मका लागि पालिकाका विभिन्न क्षेत्रमा पूर्ण रुपमा बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।

वडा नम्वर ५ रिट्ठेपानी, वडा नम्वर ६ झिंगटे र मोहरिया, वडा नम्वर ८ को महादेवटार क्षेत्रमा कोरोना संक्रमण फैलिएकोले ती क्षेत्रसहित पालिकाभर लकडाउन गर्ने निर्णय भएको पालिकाले जनाएकाे छ ।

गाउँपालिकाको बैठकले कोरोना संक्रमण हुन सक्ने सम्भावित स्थानहरुमा मानिसहरुको अवतजावत पूर्ण रुपमा बन्द गर्ने, पालिकाभित्रका सम्पूर्ण बैङ्क तथा वित्तिय संस्था, उद्योग, ब्यवसाय तथा पसलहरु बन्द गर्ने र एक वडाबाट अर्को वडासम्म अत्यावश्यक काम बाहेक आवतजावतमा रोक लगाउने पनि निर्णय गरेको छ ।

हालसम्म भिमसेन थापा गाउँपालिकाका २ सय १६ जनाको पिसिआर परिक्षण गरिएको छ।

जसमध्ये २६ जनामा कोरोना पुष्टी भएको छ। अन्य सबैको रिपोर्ट नेगेटिभ आएको र ७७ जना क्वारेन्टिनमा बस्दै आएको गाउँपालिकाले जनाएको छ। यो गोरखा जिल्लाको सबैभन्दा बढि कोरोना संक्रमित भएको गाउँपालिका हो ।

यी निर्णयको अवज्ञा गर्नेलाई प्रचलित कानूनअनुसार कारवाही गर्ने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।


Previous Post Next Post