पोखरा । गण्डकी प्रदेशमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन् ।
बागलुङमा १०, तनहुँमा १७ र पर्वतमा पाँचजना कोरोना संक्रमित थपिएका हुन् ।
बागलुङ नगरपालिकामा ५ जना पुरूष, ढोरपाटन नगरपालिकामा ४ जना पुरूष र
बागलुङकै पालिका नखुलेकी एक महिलामा कोरोना संक्रमण देखिएको प्रदेश
स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।
तनहुँको
घिरिङ नगरपालिकामा मात्र १४ जना पुरूष र ३ जना महिलामा कोरोना संक्रमण
देखिएको छ । पर्वतको कुश्मा नगरपालिकामा ३ जना पुरूष र २ महिला
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।