गोरखामा आज ५ जना कोरोना संक्रमित थपिए


गोरखा । गोरखामा आज ५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमले गोरखाका ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

आज संक्रमण पुष्टि भएका सबै भिमसेन थापा गाउँपालिकाका बासिन्दा हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब परिक्षणका क्रममा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्रोतका अनुसार गाउँपालिकाको शान्ती मावि वगुवा क्वारेन्टाइनका एक जना, विन्द्रावती मावि मसेल क्वारेन्टाइनका २ जना र जनजागृती आधारभुत विद्यालय अश्राङ क्वारेन्टाइनका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनिहरु सबै भारतबाट फर्किएर क्वारेनटाइनमा बसेका हुन् ।

आज थपिएका ५ जनासँगै गोरखामा संक्रमितको संख्या ८३ पुगेको छ । तिमध्ये भिमसेन थापा गाउँपालिकाका मात्रै  ३४ जना छन् ।
Previous Post Next Post