होम क्वारेन्टाइनमा समेत थिएनन् बोर्लाङका कोरोना संक्रमित युवक



गोरखा। शुक्रबार कोरोना संक्रमणको पुष्टी भएका गोरखाको भीमसेन थापा गाउँपािलका–८ बोर्लाङका एक युवक क्वारेन्टाइनमा नरहेको पाइएको छ । स्थानीय जनप्रतिनिधीले उनि होम क्वारेन्टाइनमा रहेको दावी गरेपछि संक्रमण पुष्टी भएका व्यक्ती दैनिक जसो समुहमा हिड्ने, समुहमा माछा मार्न जाने तथा भेला बैठक र भोज भतेरमा सहभागी भएको पाइएको हो ।

गएको जेठ २२ गते जिल्ला प्रहरी कार्यालयबाट छुटेर घर आएका बोर्लाङ महादेवटारका युवा गाउँमा भोजभतेर, गाउँले भेला तथा बैठकहरुमा समेत सामेल भएको स्थानीयहरुबासीले बताएका छन् । हिरासतमा संगै रहेका १७ बर्षिय युवकमा कोरोना पुष्टी भएपछि हिरासतबाट छुटेका उनको पिसीआर परीक्षणका क्रममा शुक्रबार (हिजो) कोरोना पुष्टी भएको थियो ।

हिरासतबाट छुटेर आएलगत्तै उनले साथीभाईलाई जम्मा गरेर भोज समेत दिएको स्थानीयबासीले बताएका छन् । उनि समुहमा मिलेर माछा मार्न जाने, फुटवल खेल्न जाने लगायतका कार्यमा पनि संलग्न हुदै आएको स्थानीयको भनाई छ । संगै रहेका व्यक्तिमा कोरोना संक्रमणको पुष्टी हुदा समेत स्थानीय जनप्रतिनिधीहरुले उनलाई निगरानीमा नराख्दा अहिले बोर्लाङमा त्रास फैलिएको छ । संगै रहेका युवकमा संक्रमणको पुष्टी भइसक्दा उनलार्ई निगरानीमा सामुहिक क्वारेन्टाइनमा राख्नुको साट्टो होमक्वारेन्टाइनमा बस्न मात्र भनिएको थियो ।

उनि महादेवटारदेखि पिपलटारसम्म दैनिक जसो आवाजतावत गर्ने गरेको र साथीभाईहरु संग समेत समुहगत रुपमा दिनहुँ भेला हुने गरेको पाइएपछि स्थानीयबासीमा त्रसित भएका हुन् । ‘संक्रमित व्यक्तिको सम्र्पक धेरै जनासंग छ, एक स्थानीयले भने, संक्रमणको पुष्टी भएपछि कतिले मेरो आएको छैन, भेटेको छैन भन्दै लुकाउने गरेका छन, त्यसले त झन जोखिम पो बढाएको छ ।’

भीमसेन थापा गाउँपालिकामा भित्र व्यवस्थित क्वारेन्टाइन निर्माण नहुदा यस्तो समस्या भएको कतिपयको भनाई छ । संक्रमणको पुष्टी भएको वडा नम्बर ८ को महादेवटारमा निर्माण गरिएको क्वारेन्टाइन समेत व्यवस्थित नहुदा त्यहाँ बाहिरबाट आएकाहरु समेत क्वारेन्टाइनमा नबसी होम क्वारेन्टाइनमा बस्ने भन्दै घरघरमा जाने गरेका छन् । तर स्थानीय जनप्रतिनिधीको ध्यान त्यसतर्फ पुगेको छैन ।

अहिले संक्रमण पुष्टी भएपछि भने जनप्रतिनिधिहरु अत्तालिन थालेका छन् । चरम लापरबाहीका कारण संक्रमित व्यक्तिको सम्र्पक धेरै जनमा पुगेकाले संक्रमित व्यक्तिबाट अन्य व्यक्तिमा कोरोना संक्रमणको भेटिए त्यसको जिम्मेवारी कसले लिन्छ स्थानीय जनप्रतिनिधी वा गाउँपालिका ?
Previous Post Next Post