भर्खरै: छेकम्पारमा पुल बगायो


तीनदिनदेखि लगातारको बर्षपछिको बाढीले छेकम्पारमा पुल बगाएको छ ।

चुमनुब्री गाउँपालिका ७ छेकम्पारको लार र लामागाउँ जोड्ने पुल बगाएको एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।

स्थानीय स्यार खोलामाथिको ३० फिट लामो सो पुल आइतबार दिउसो दुईबजे बगाएको उनले बताए ।

मुख्यबाटोमा पर्ने सो पुल बगाएपछि लार र त्यसभन्दा माथिका बासिन्दालाई तल आउन र लामागाउँ र त्योभन्दा तलका बासिन्दालाई वडा कार्यालय जान समेत समस्या भएको स्थानीयको भनाइ छ ।
Previous Post Next Post