गोरखाको भिमसेन-८ का संक्रमितसँग नजिक रहेका ३८ जनाको स्वाब संकलन



गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका-८ का संक्रमितसँग नजिक रहेका ३८ जनाको स्वाब संकलन गरिएको छ ।

घर परिवार आफन्त र साथीभाई गरी ३८ जनाको स्वाब संकलन गरिएको वडा अध्यक्ष बासु थापाले जानकारी दिनुभयो । स्वाब लिइएका मध्ये एक जना वडा नम्बर ७ का छन् बाँकी सबै ८ का रहेका उहाँले बताउनु भयो ।

अवैध काठ ओसार पोसार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका बेला उनलाई कोरोना संक्रमण भएको थियो । सँगै हिरासतमा रहेका एक युवकलाई कोरोना पुष्टि भएपछि उनको पिसिआर परीक्षणमा पनि पुष्टि भएको हो । हिरासतबाट छुटेर घर गएका ति युवक रिपोर्ट आउनु अघि नै परिवार साथीभाई र आफन्त सँग घुलमिल भएका थिए ।
Previous Post Next Post