जापानले बनायो कोरोना परीक्षण गर्ने नयाँ तरिका



बीबीसी - कोरोना भाइरसको परीक्षणको लागि नाकबाट स्वाब लिइन्छ । यसमा कुनै किसिमको क्षति हुँदैन तर धेरै मानिसका लागि यो निकै कठिन लाग्ने गरेको छ ।

जापानका शोधकर्ताको एक टोलीले सलाइवा टेस्ट अर्थात् र्‍यालबाट कोरोना भाइरस (कोभिड-१९) को परीक्षणको नयाँ तरिका विकास गरेका छन् । यसको माध्यमबाट केवल २५ मिनेटमा परीक्षणको नतिजा आउँछ ।

जापानी विश्वविद्यालयका साथमा काम गरिरहेको एक मेडिकल र्फमले यो टेस्टको लागि काम गरिरहेको बताएको छ । साथै मानिसहरुले घरमा नै बसेर यसको परीक्षण गर्न सक्ने बताएको छ ।

बेलायतमा पनि यस्तै सलाइवा टेस्टिङको परीक्षण चलिरहेको छ । यसमा अहिले १४ हजारभन्दा धेरै स्वास्थ्यकर्मीले भाग लिइरहेका छन् ।
Previous Post Next Post