काठमाडौँ उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा थप ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा १ महिला र भक्तपुरमा ७ महिला संक्रमित थपिएका जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ३१ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ जना पुगेको छ । जसमध्ये ७ हजार आठ सय ४९ जना पुरुष रहेका छन् भने ७ सय ५६ जना महिला रहेका छन् ।
Previous Post Next Post