६ वर्षीय छोरालाई बाबुले ज्युँदै गाडेको आरोप



रुपन्देहीमा शुक्रबार आफ्नै बाबुले ६ वर्षीय बिरामी छोरालाई ज्युँदै बोरामा हालेर
माटोमा गाडेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका छन् । 


स्थानीयले खबर गरेलगत्तै गाडेको बालकलाई प्रहरीले झिकेको छ । प्रहरीले गाडेको बालकलाई झिके पनि उनको मृत्यु
भइसकेको थियो । जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्वर ४ प्रगतिनगरका ३६ वर्षीय
राजु परियारले आफ्नो ८ वर्षीय छोरा राजेश परियारलाई ज्युँदै गाडेको भन्दै स्थानीयले
खबर गरेपछि आफुहरु त्यहाँ पुगेर गाडेको बालकलाई झिकेर अस्पतालमा लगेर चेक गराएको
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रतितसिंह राठौरले जानकारी दिए ।


‘गाउँलेहरुले बिरामी छोरालाई ज्युँदै गाड्यो भन्ने खबर गरेपछि गइयो, गाडेको बालकलाई
ल्याएर अस्पतालमा चेक गराउँदा मृत्यु भएको जानकारी दिइयो, आरोपित बाबुलाई
नियन्त्रणमा ल्याएर सोधु गरिँदैछ’ डिएसपी राठौरले भने । आरोपित राजुले भने छोराको
मृत्यु भएर नै आफुले गाडेको बयान दिएको बताइएको छ ।

Previous Post Next Post