गोरखाका थप ११ जनामा कोरोना संक्रमण



गोरखाका थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत प्रवक्ता जोगेश्वर गौतमले उक्त जानकारी गराएका हुन । उनीहरु मध्ये १० पुरुष र १ महिला रहेका छन् । केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गराएकाहरुको रिर्पोट पोजेटिभ आएपनि उनीहरुको पहिचान हुन बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

अहिले उनीहरु विवरण खोजी भइरहेको सूचना अधिकारी राजु न्यौपानेले जानकारी दिए । योसँगै संक्रमितको संख्या ४६ पुगेको छ ।
Previous Post Next Post