गोरखा बोर्लाङका कोरोना संक्रमितको सम्पर्क आएका ३० जनाको पहिचान



गोरखा – गोरखा बोर्लाङका कोरोना संक्रमित संग सम्पर्कमा आएका ३० जनाको पहिचान भएको छ ।

जिल्लाको भीमसेन थापा गाउँपालिका ८ बोर्लाङका कोरोना संक्रमित युवकको सम्पर्कमा आएका ३० जनाको पहिचान भएको हो ।

संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङको आधारमा ३० जनाको पहिचान गरिएको वडाध्यक्ष बासु थापाले जानकारी दिए । संक्रमण पुष्टी भए लगत्तै शनिबार संक्रमित युवकको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरिएको छ ।

वडाध्यक्ष थापा सहितको स्वास्थ्यकर्मीको टोलीले महादेवटारमा पुगी संक्रमित व्यक्तिलाई भेटेर उनिसंग सम्र्पकका व्यक्तिहरुको पहिचान गरिएको भीमसेन थापा गाउँपालिकाले जनाइएको छ ।

पहिलो चरणमा ३० जनाको पहिचान भएको छ । अरु पनि हुन सक्ने अनुमान गरेका छौ । ३० जनाको भने स्वाबं संकलन लागि तयारी भईरहेको स्वास्थकर्मी प्रितम श्रेष्ठले बताए ।

‘संक्रमित युवकसंगै पौडी खेल्न गएका तथा अन्य सबैको परिचान भईरहेको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य प्रमुख भेषराज खनालले जानकारी दिए । छुटेकाहरुको पनि पहिचानको प्रयास भई रहेको उनले बताए ।
Previous Post Next Post