वुधबार आत्महत्या गरेका दैलेखका युवकमा कोरोना पुष्टि


काठमाडौँ, ११ असार । वुधबार आत्महत्या गरेका एक युवकमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

दैलेखका दुल्लु नगरपालिका–१० का २१ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको हो ।

वुधबार विहान घरकै नजिकै उनी झुण्डिएको अवस्थामा मृत्यु भएको थियो । उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको जनाइएको छ ।

जेठ ११ गते भारतबाट आएका उनी १४ दिन क्वारेन्टिनमा बसेपछि आरडीटी नेगेटिभ आएको थियो । त्यसपछि उनलाई घर पठाइएको बताइएको छ ।

यसभन्दा अघि सुर्खेतमा आत्महत्या गरेका एकजनामा कोरोना पुष्टि भएको थियो । उनीहरुले के कारणले आत्महत्या गरेका हुन् भन्ने चाँही खुलेको छैन ।

कर्णाली प्रदेशमा ४ जनाको कोरोनका कारण मृत्यु भएको छ भने आत्महत्यापछि २ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य निर्दशनालयले जनाएको छ ।

त्यस्तै, कर्णाली प्रदेश अस्पतालका ९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।
Previous Post Next Post