आठ करोड खाने, तीन करोड तिरेर जेल जाने

    

आर्थिक अपचलनको अभियोगमा महिना दिनदेखि सैनिक हिरासतभित्र रहेका जर्नेल प्रयोग समशेर जबरालाई कोर्ट अफ इन्क्वायरीको सिफारिसबमोजिम सैनिक अदालत गठन गरी कार्बाही प्रकृया शुरु गरिएको छ।

हालै मध्य पश्चिम पृतना बुटवलबाट जङ्गी अड्डामा सरुवा भई आएका उपरथी सीताराम खड्कालाई सैनिक अदालत प्रमुखको जिम्मेवारी दिएर अख्तियार पत्रसमेत दिइसकिएको छ भने यसै साता सैनिक अदालतले पूर्णता प्राप्त गरी जर्नेल प्रयोगसहित महासेनानी नवीन सिल्वालउपरको अभियोगमा सुनुवाइ थालिनेछ ।

३२ बर्षको सेवा अवधिमा प्रयोगले धेरै नै आर्थिक हिनामिना गरेको भएपनि यसपटक भने पाँचखाल शान्तिसेना तालिम केन्द्रको भ्रष्टाचारको मात्र  सुनुवाइ हुनेछ। करिब २ बर्ष त्यहाँ हाकिम भएको बेला निजले रासन,सरकारी बजेट , कल्याणकारी निर्माण बजेट,फायरिङ रेन्ज निर्माण बजेट,विभिन्न तालिम को लागि UN  बाट प्राप्त बजेट  र US Army ले  निर्माण तथा  गाडी खरिदका लागि दिएको  बजेटसमेत करिब  ८ करोड हिनामिना गरेको तथ्य निस्किएको बुझिएको छ ।

आर्थिक मामिलामा चोखो मानिने जर्नेल खड्काले कुनै कसर नराखी ३/४ करोड जरिवानाको साथै ५/७ महिना  जेल हाल्ने जङ्गीअड्डामा गाइँगुइँ छ ।

साथै कर्णेल नवीन सिल्वालको हकमा भने आफूभन्दा अघिको हाकिमको भ्रष्टाचारबारे मथिल्लो निकाय लाई जानकारी नदिई जिम्मेवारी बहन नगरेको दोषमा  सैनिक ऐनअनुसार सचेत गराइने अनुमान छ।
Previous Post Next Post