गोरखाको भिमसेन थापाका ५ जना कोरोना संक्रमित पुष्टि

गोरखा - आज साेमबार बेलुका गोरखाकाे भिमसेन थापा गाउँपालिकाका २ महिला र ३ पूरुष गरी ५ जना, गण्डकी गाउँपालिकाका ३ पूरुष र शहिद लखन गाउँपालिकाका ३ पूरुष गरी ११ जनामा स‌क्रमण पुष्टि भएकाे छ।

भिमसेन थापा गाउँपालिका ५ जना संक्रमितमध्य ४ जना प्रभात मा बि धावा क्वारेन्टइनमा र सिद्दी काली मा बि तान्द्राङ क्वारेन्टइनमा १ जना रहेको खुल्न आएको छ ।

यस संगै गोरखामा संक्रमितकाे संख्या ५१ जना पुगेकाे छ भने ८ जना उपचार पछि निकाे भएर घर फर्किएका छन् ।


Previous Post Next Post