प्रहरी हिरासतबाट छुटेका बोर्लाङका युवकमा पनि कोरोना संक्रमण



असार ५, गोरखा ।

जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतबाट रिहा भएका एक युवकमा कोरोना संक्रमण देखिएको छ ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा स्वाब संकलन गरिएका भिमसेन थापा गाऊँपालिका वडा नम्वर ८ का २८ वर्षका युवकमा कोरोना संक्रमण देखिएको हो ।

उनलाई अवैध काठ ओसारपसार सम्बन्धी कसूरमा जिल्ला वन कार्यालय गोरखाले नियन्त्रणमा लिएको थियो । उनी १० दिन प्रहरी हिरासतमा बसेका थिए ।

प्रहरी हिरासतमै रहेका पालुङटारका युवकमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्टर ट्रेसिङका क्रममा ति युवकको पनि स्वाव संकलन गरिएको थियो ।

उनी होम क्वारेन्टाइनमा रहेका भिमसेन थापा गाऊँपालिकाको स्वास्थ्य संयोजक भेषराज खनालले बताउनुभयो । यस्तै कन्ट्याक्ट ट्रेसिङकै क्रममा भिमसेन थापाकै अर्का एक युवकमा पनि कोरोना पोजिटिभ देखिएको छ ।

एकिकृत नमुना वस्ती लामाचौरमा रहेका एक युकवमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा ३५ वर्षका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य संयोजक खनालले बताउनुभयो ।

उनी पनि होम क्वारेन्टाइनमै छन् । उनले यसअघि कोरोना पोजेटिभ देखिएका भिमसेन ५ का एक युवकलाई उद्धार गरि गाडीमा गाऊँसम्म पु¥याएका थिए ।

भिमसेन थापामा कोरोना संक्रमण देखिएका अन्य ३ जनामध्ये २ जना शान्ति मावि वगुवाको क्वारेन्टाइनमा र १ जना भिमसेन प्रवि बोर्लङको क्वारेनटाइनमा रहेेेेको गाऊँपालिकाको स्वास्थय शाखाले जनाएको छ ।



Previous Post Next Post