बोर्लाङमा एक महिलाले गरिन् झुण्डिएर आत्माहत्या


गोरखा - गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङमा एक महिलाले गएराती झुण्डिएर आत्माहत्या गरेकी छिन् । स्थानीयबासी करिब २८ बर्षकी सपना रोकाले आफ्नै घर भित्र झुण्डिएर आत्माहत्या गरेको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

घरमा श्रीमान र अन्य परिवार सुतीसकेपछि अन्दाजी ४ बजेको समयमा रोकाले पटुकाले पासो लगाएर आत्मा गरेको अबस्थामा शव भेटिएको उहाँले बताउनुभयो । शवको मुचुल्का तयार पारी पोष्टमार्टमका लागि जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी त्यसतर्फ गईसकेको जनाएकोे छ ।

घटनास्थललाई बोर्लाङ प्रहरी चौकीबाट खटिएको प्रहरीले नियन्त्रणमा राखेको छ ।
Previous Post Next Post