काठमाडौं उपत्यकामा एकैदिन भेटिए १४ जना कोरोना संक्रमितहरु


काठमाडौं उपत्यकामा आज (मंगलबार) थप १४ जना कोरोना संक्रमित फेला परेको छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा १२ जना संक्रमित भेटिएको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

काठमाडौं जिल्लामा ५ महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा कोरोना संक्रमण देखिएको छ । आज संक्रमण पुष्टि भएका ३१७ जनामध्ये काठमाडौं उपत्यकाका १४ जना रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत ४५ दिनका शिशुलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

म्याग्दीका ४५ दिने शिशुलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको हाे ।

शिशुको सावधानीका साथ श-ल्यक्रिया गरिएको पनि बताइएकाे छ । यसअघि पनि टिचिङ अस्पतालमा उपचाररत बालिकालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
Previous Post Next Post