वामदेवले प्रधानमन्त्री ओलीलाई साथ नदिने घोषणा



काठमाडौँ, ४ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ नदिने बताएका छन् ।

गौतमले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) का विषयमा र पार्टी संचालनसम्बन्धी मुख्य मुद्दाहरुमा प्रधानमन्त्री ओलीलाई आफ्नो साथ नरहेको स्पष्ट पारेका छन् ।

उपाध्यक्ष गौतमले ३ बुँदे प्रष्टिकरण दिँदै यस्तो घोषणा गरेका हुन् ।

३ बुँदे प्रष्टिकरणमा गौतम सरकारमा जाने हल्ला पूर्णत निराधार रहेको उल्लेख छ । त्यस्तै, प्रष्टिकरणमा गौतम सरकारमा जाने र ओलीको पक्षधर भएको प्रचार नगर्न पनि चेतावनी दिएका छन् ।

वामदेवले आफ्नो सचिवालयमार्फत यस्तो घोषणा गरेको जनाइएको छ । ‘केपी ओलीका कार्यशैलीमाथि पार्टी नेतृत्वभित्रै अनगिन्ती असहमति छन् । समयक्रममा ती बाहिर आउने छन् । वामदेव यही कित्तामा अडिग हुनुहुन्छ । एमसिसीसहितका विभिन्न निर्णय प्रक्रियामा उहाँ प्रधानमन्त्रीको साथमा हुनुहुन्न । सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामुहिक प्रतिक्रिया आउँदैछ । वामदेवलाई पनि त्यहीँ भेटिदैछ’- सचिवालयले भनेको छ ।
Previous Post Next Post