कोरोनाका कारण काठमाडौँका एक वुद्धको मृत्यु


काठमाडौँ। नेपालमा कोरोनाभाइरसको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका नयाँ बानेश्वर बस्दै आएका ८५ वर्षीय वृद्धको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनको असार १७ गते मृत्यु भएको हो । उनलाई उच्च रक्तचाप र पार्किन्सनको समस्या भएपछि अस्पताल पुर्याइएको थियो । मृतक ती पुरुषको पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको गौतमले बताए ।

यससँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ । पछिल्लो तथ्यांकका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ जना पुगेको छ ।
Previous Post Next Post