गोरखाका २ स्थानीय तहमा पनि थपियो कोरोना संक्रमित

गोरखा । गोरखाको २ स्थानीय तहमा फेरि २ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका एक जना र अजिरकोट गाउँपालिका एकजनामा कोरोना संक्रमणको पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानले जानकारी दिनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणका क्रममा उनिहरुको रिर्पोट पोजेटिभ आएको हो ।

अजिरकोटको ज्ञानज्योती मावि क्वारेन्टाइनमा बसेका २२ बर्षका पुरुष र भिमसेन थापा गाउँपालिका– ३ तान्द्राङको सरस्वती प्रावि क्वारेन्टाइनमा बसेका ३० बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । भीमसेन थापा गाउँपालिकाका संक्रमण पुष्टी भएका व्यक्ति यहिँ असार ९ गते कतारबाट नेपाल फर्किएर क्वारेन्टिनमा बसेको थिए ।

यता अजिरकोट गाउँपालिका संक्रमण पुष्टी भएका पूरुष भारतीय सेनामा कार्यरत रहेको उनि बिदामा घर आउँदा क्वारेन्टाइनमा बसेका थिए । संक्रमित व्यक्तिहरुलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ । यो गोरखा जिल्लामा कोरोना संक्रमितको संख्या ९६ पुगेको छ । कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भइसकेको छ ।
Previous Post Next Post