लक्ष्मीबजारमा कार्यरत स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट नेगेटिभ


गोरखा । लक्ष्मीबजार शहरी स्वास्थ्य क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बारपाक सुलिकोट गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत श्रीमानमा कोराना पुष्टि भएसँगै लक्ष्मी क्लिनिकमा कार्यरत उनको आकस्मिक रुपमा गरिएको परीक्षणमा रिर्पोट नगेटिभ आएको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले जानकारी दिए । 

श्रीमतीलाई पनि संक्रमणको आशंका गर्दै गोरखा नगरपालिकाले एक सुचना गरी उक्त क्लिनिकसँगै लक्ष्मीबजार क्षेत्रलाई बन्द गराएको थियो । 

रिर्पोट नगेटिभ आएसँगै सो क्षेत्रमा गरिएको कडाई हट्ने गोरखा नगरपालिकाले जनाएको छ ।
Previous Post Next Post