गोरखामा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०० पुग्यो


असार २८, गोरखा: गोरखामा कोरोना संक्रमण हुनेको संख्या १ शय पुगेको छ । आज सिरानचोक गाउँपालिकामा एक संक्रमित थपिएसङ्गै संक्रमण हुनेको संख्या १ शय पुगेको हो ।
सिरानचोक गाउँपालिका वडा नम्वर ६ घर भएका ३८ वर्षका पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । उनी आहाल भञ्ज्याङ माविको क्वारेन्टाइनमा बस्दै आएका थिए ।
असार २० गते भारतबाट आइपुगेका उनी सहित अन्य १० जनाको कोरोना परिक्षणको लागि असार २४ गते स्वाब संकलन गरिएको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक रामचन्द्र पान्डेले बताउनुभयो ।
अन्य ९ जनाको भने परिक्षणको रिपोर्ट प्राप्त भैनसकेको उहाँको भनाई छ ।
Previous Post Next Post