काठमाडौँ उपत्यकामा थप १५ जनामा कोरोना संक्रमण


काठमाडौँ, १४ साउन । काठमाडौँ उपत्यकामा वुधबार थप १५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँका १४ जना र भक्तपुरका एक जनासहित १५ जनामा संक्रमण देखिएको हो ।

त्यसैगरी देशभर थप २१० जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिएका छन् । योसहित संक्रमितको संख्या १९ हजार २ सय ७३ जना पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा थप १४६ डिस्चार्ज भएका छन् । यससँगै निको हुनेको संख्या १४ हजार २१ जना पुगको छ । मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ ।
Previous Post Next Post