पछिल्लो २४ घन्टामा थप ८२ जना कोरोना संक्रमित, १४७ डिस्चार्ज


काठमाडौँ — मुलुकमा थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । नेपालमा हालसम्म १६ हजार ८०१ जना संक्रमित भएका छन् ।

सोही अवधिमा १४७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । अहिलेसम्म नेपालमा ८ हजार ५८९ निको भइसकेका छन् । यो कूल संक्रमितको आधारमा ५१.१ प्रतिशत निको भएको प्रवक्ता गौतमले बताए । उनका अनुसार गएको २४ घन्टामा ३ हजार ९१६ पीसीआर परीक्षण भएका छन् ।

नयाँ संक्रमितको जिल्लागत विवरण

  •     झापा १
  •     मोरङ २
  •     धनुषा १९
  •     सर्लाही १
  •     काठमाडौं ५
  •     सिन्धुपाल्चोक १
  •     ललितपुर १
  •     सोलुखुम्बु १
  •     चितवन ५
  •     मकवापनुर १
  •     सिन्धुली १
  •     बागलुङ २
  •     नवलपरासी पूर्व १
  •     पर्वत २
  •     स्याङ्जा १
  •     तनहुँ ६
  •     गोरखा १
  •     लमजुङ २
  •     गुल्मी १
  •     पाल्पा १
  •     दैलेख १
  •     रुकुम पश्चिम २
  •     सुर्खेत ११
  •     कालीकोट ७
  •     बझाङ १
  •     डडेलधुरा २
  •     कैलाली २
  •     दार्चुला १
Previous Post Next Post