काठमाडौँ उपत्यकामा थपिए ४५ कोरोना संक्रमित


काठमाडौँ, १५ साउन । काठमाडौँ उपत्यकामा बिहीबार थप ४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ४१ जना र भत्तपुर र ललितपुरमा २२ जना गरेर थप ४५ जना संक्रमित थपिएका हुन् । यससँगै काठमाडौँमा ३९० जना संक्रमित पुगे भने ललितपुरमा ९१ र भक्तपुरमा ५३ जना रहेका छन् ।

देशभर बिहीबार २७४ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप २२७ जनाले कोरोना जितेका छन् ।

यससँगै उपचारपछि निको हुनेको संख्या १४ हजार २ सय ४८ जना पुगका छन् । त्यस्तै, हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २७ जना रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म ५२ जनाको मृत्यु भइसकेको छ ।
Previous Post Next Post