पार्टीलाई एक बनाएर अघि बढ्ने सहमति भएको हो : अध्यक्ष प्रचण्ड


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बताएका छन् ।

आइतबार प्रचण्ड निवास खुमालटार पुगेका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रचण्डले यस्तो दावी गरेका हुन् ।

बैठकमा प्रचण्ड र नेपाल दुवै पक्षका नेताहरु पुगेका थिए ।

प्रचण्डले आफूले प्रधानमन्त्री ओलीसँग कुनै सहमति नगरेको स्पष्ट पारेको स्रोतले जनाएको छ ।

उनले खुमलटार भेला भएका आफ्ना पक्षका नेताहरुसँग प्रधानमन्त्री ओलीसँग कुनै किसिमको सहमति नभएपनि त्यस्ता समाचार आएको जनाए ।

यसैबीच स्थायी कमिटीको बैठक मंगलबार सम्मका लागि स्थगित भएको छ ।

प्रचण्डले प्रधानमन्त्री ओली र आफ्नो कुरा पार्टीलाई एक बनाएर अघि बढ्ने सहमति मात्रै भएको बताएका छन् ।

उनले आलोपालोका सरकार आफूले छोडेको र चाँडै महाधिवेशन गर्नेबारे दुवैले प्रस्ताव ल्याउने सहमति भएको बताए । उनले अन्य कुनैपनि सहमति नभएको जनाएका हुन् । नेताहरुले आरोप लगाएजस्तो कुनै छुट्टै गोप्य सहमति नभएको उनले जनाए ।

तर नेता माधवकुमार नेपाललगायतले अध्यक्ष प्रचण्डले वैशाख २० मा जस्तै आफूहरुलाई धोका दिएको बताएका छन् । दुई जनाले गोप्य रुपमा गरेको सहमति नचल्ने पनि उनीहरुले बताएका हुन् ।

त्यस्तै, सचिवालय सदस्य ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापाले दुई अध्यक्षले जे ल्याएका छन्, त्यो राम्रो छ भन्दै समर्थन गरे ।
Previous Post Next Post