कोरोनाले मानिसको ज्यान कसरी लिन्छ ? र यसबाट बच्न कसरी सकिन्छ ?


कोरोना एक किसिमको भाइरस हो । अनि यसले कोभिड—१९ भन्ने रोग लगाउँछ । अधिकांश संङक्रमित व्यक्तिलाई मध्यम खालको असर हुन्छ । तर यसले ज्यान जान पनि सक्छ । श्वासनलीको माथिल्लो भागबाट सङ्क्रमण हुन थाल्छ । नाकदेखि मानिसको घाँटीमाथि सम्मको भागमा ज्वरो पनि आउन सक्छ, किनभने शरीरको प्रतिरोध प्रणालीले भाइरस सँग सङ्घर्ष गर्न थाल्छ । सुक्खा खोकी पनि लाग्न सक्छ । अनि निमोनिया पनि हुन्छ । अति गम्भीर सङ्क्रमण हुदाँ विरामीको मृत्यु पनि हुन सक्छ । किनभने प्रतिरोध प्रणाली अतिशक्रिय हुदाँ अङगहरुले काम गर्न छोड्न सक्छन् । त्यसैले भाइरस फैलिन नदिई हामीले यथाक्य प्रयास गर्नुपर्दछ ।

कोभिड—१९ को सङ्क्रमणकाल मानिसको शरीमा प्रवेश गरिसकेपछि भाइरस फैलिन र स्थापित हुन केही समय लाग्छ । त्यसलाई ‘इन्क्युबेशन पीरीएड’ अथवा सङ्क्रमणकाल भनिन्छ । त्यो बेला भाइरसले मानिसको शरीरमा कोषभित्र पसेर तिनलाई आफ्नो नियन्त्रणमा लिने गर्छन् । यदि नजिकै कसैले खोकिरहेको छ भने तपाईले श्वास फेर्दा कोरोना भाइरस (औपचारिक नाम कबचक (अयख(द्द) शरीरमा पस्न सक्छ । दुषित वस्तु वा सतह छोएर अनुहार छुँदा पनि कोरोना भाइरस शरीरमा छिर्न सक्छ । यसले पहिले तपाईको घाँटी भित्रका कोष श्वासनली र फोक्सोलाई असर गर्न थाल्छ । विस्तारै ती अङ्ग कोरोना भाइरस उत्पादन गर्ने कारखाना जस्तै बन्न पुग्छन् र धेरै भाइरस उत्पादन हुन थाल्छन् । तिनले तपाईका थप कोषलाई आक्रमण गरेर तिन कोषमा आफ्ना अधिकार स्थापित गर्छन् । प्रारम्भीक अवस्थामा तपाई विरामी पर्नुहुन्न । केही मानिसलाई त कहिल्यै कुनै लक्षण नै देखिँदैन ।

भाइरस स्थापित हुने सङ्क्रमणकालीन अवधी सरदर दिनको भएको पाइएको छ । पहिलो मानव कोरोना भाइरस पत्ता लगाउने महिला जुन अमेल्डा स्कटल्याण्डकी एक जना बस चालककी छोरी थिइन् । विश्वका अरु देशसँग तुलना गर्दा ‘कहँी सङ्क्रमण चरम विन्दुमा पुगेर घट्न थालेको छ, कहँी लगभग नियन्त्रणमा आएर लकडाउन खुकुलो पार्दै लगिएको छ । हाम्रोमा सङ्क्रमण बढ्दो चरणमा छ । नेपालमा विभिन्न सङ्केत हेर्दा सङ्क्रमण समुदायमा फैलिएको जस्तो देखिन्छ । केही हप्तादेखि सङ्क्रमण पुष्टि हुने दर बढेको छ । अहिलेको कुल सङ्ख्याका आधारमा जोम्स हप्किन्स यूनिभर्सिटीले नेपाललाई ६७ औं स्थानमा राखेको छ । कोभिड—१९ बारे विवरण निरन्तर अद्मावधिक भइरहने हँदा त्यो स्थान भने केही तलमाथी भइरहन्छ ।

सङ्क्रमणदर नियन्त्रण गर्न सफल देखिएका श्रीलङ्का र भियतनाम जस्ता राष्ट्रबाट नेपालले सिक्न सक्ने विषयहरुमा सरकारले ध्यान दिनुपर्छ । जस्तै ती दुई मुलुकले विदेशबाट आएका व्यक्तिलाई निगरानीमा राख्न जोड दिने, परिक्षणको दायरा बढाउनको साथै उनीहरुले क्वारेन्टीनमा ध्यान दिएको र त्यसको परिणाम सकरात्मक देखिएको छ । हामीसँग परिक्षणको लागि किट नहोलान्, पर्याप्त परिक्षणस्थल नहोलान् तर क्वारन्टीन भनेको त जनशक्ति परिचालन गरेर व्यवस्थापन गर्न सकिने कुरा हो । यसका लागि ठूलो प्राविधिक शिक्षा पनि चाँहिदैन ।

संङ्क्रमणबाट आफलाई मुक्त राख्नका लागि शरीरको सबैभन्दा ठूलो हतियार ‘इम्युनिटी’ अर्थात प्रतिरक्षा प्रणाली हो । कोरोना भाइरस विरुद्व लड्न प्रतिरक्षा बलियो बनाउन स्वास्थ्यकर र सन्तुलित आहारका अतिरिक्त बासस्थान, व्यक्तिको जातीय र अनुवंशिक गुण र आनीबानीले रोग प्रतिरोधी क्षमता निर्धारण गराउँछ । प्रतिरक्षा प्रणाली बलियो बनाउन १..सन्तुलित र पोषणयुक्त आहार २.नियमित शारीरिक अभ्यास, ३.पर्याप्त विश्राम र निन्द्रा ४. धुम्रपान र मद्यपान नगर्ने, ५.रचनात्मक बन्ने, ६. उच्च मनोबल, ७. रोग र खोप कोरोना भाइरसबाट आफूलाई जोगाउन साबुन र तातो पानीले २० सेकेन्ड हात धुनुहोस् वा स्यानिटाइजर जेल प्रयोग गर्नुहोस् । खोक्दा र हाय्छुँ गर्दा टिशु प्रयोग गर्नुहोस् । टिशु छैन भने बाहुला प्रयोग गर्नुहोस् । हात नधोई आँखा, नाक र मुख नछुनुहोस्, अस्वस्थ्य मानिसको नजिकै नजानुहोस् ।

कोरोना भाइरसका कारणले राष्ट्रमा परेको मानसिक, आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक प्रभाव बढ्दो छ । आत्महत्या गर्ने संङख्या बढ्दै छ । यसले राज्यलाई अझै दश वर्ष पछाडि धकेल्न सक्छ । त्यसैले आ—आफ्नो स्थानबाट कोरोना विरुद्वको लडाइमा एैकेबद्धता होऔँ ।

आफु पनि बचौं, अरुलाई बचाऔँ ।
Previous Post Next Post