गोरखामा एक कोरोना संक्रमितको मृत्यु

गोरखा - कोरोनाबाट संक्रमित एकको गोरखा अस्पतालमा मृत्यू भएको छ ।

पालुङटार नगरपालिका ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान साँढे पाँचबजे मृत्यू भएको गोरखा अस्पतालले जनाएको छ ।

कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ बर्षका उनी मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राती १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो ।
Previous Post Next Post