१२ घन्टापछि उठाइयो कोरोना संक्रमितको शव


गोरखा, असार २० । मृत्यु भएको १२ घन्टापछि गोरखाका कोरोना संक्रमितको शव ब्यबस्थापनका लागि उठाईएको छ ।

जिल्ला अस्पतालको आइसोलेसनमा विहान ५ बजे मृत्यु भएका पालुङटार नगरपालिका ७ का ४४ बर्षका पुरुषको शव ब्यबस्थापनका लागि साझँ सवा ५ बजे लुदि दोभानतर्फ लगिएको हो ।

रणसिंह दल गणका सेनाको टोलीले विशेष स्वास्थ्य सुरक्षा सतर्कताका साथ शव उठाएका हुन् । सेनाको टोलीले एम्बुलेन्समा शव राखेर अन्त्येष्टि स्थलमा लगेका छन् ।
Previous Post Next Post