शुस्मा भन्छिन्- लभ गर्नलाई समय छैन



काठमाडौ। शुस्मा तामाङ, उमेर २५ वर्ष । घर हेटौँडा मनहरी। तीन बहिनीकी दिदी उनले नौ कक्षासम्म पढेकी छन्। पढाइमा खासै रूचि नभएकी उनले थप अध्ययन गरिनन्। उनका ५० वर्षिय बुवा भीमबहादुर फर्निचरको काम गर्छन् भने ४० वर्षिया आमा डोल्मा गृहणी हुन्। कमजोर आर्थिक अवस्थाको पारिवारिक स्थितिबिच उनले काठमाडौं गएर केही काम गरेर बुबा आमालाई आर्थिक रूपमा सघाउने निधो गरिन्।

नभन्दै उनलाई काठमाडौंमा टेम्पो चलाइरहेकी गाउँकै अम्बिका तामाङ दिदीले राजधानी बोलाइन्। ‘म पढाई छोडेर त्यतिकै बसिरहेको थिएँ, दिदीले मलाई काम गर्ने भए काठमाडौं आइज भनेर बोलाउनु भयो’, शुष्माले बिएल नेपाली सेवासँग भनिन्।

२०६९ सालमा काठमाडौं छिरेकी उनी दिदीसँगै काठमाडौंको बासबारीमा बस्न थालिन्। केही दिनपछि दिदीले उनलाई टम्पो सिक्ने ठाउँमा पुर्‍याइदिइन्।

दोलखाकी पवित्रा गुरूङले महिलालाई आत्मनिर्भर गराउन ड्राइभिङ सिकाउने गरेकी रहेछिन्। सहयोगी स्वभावकf पवित्राले उनलाई एक सातामै टेम्पो चलाउन सिकाइन्। तर उनको उमेर १८ वर्ष मात्र भएकाले सवारी चालक अनुमति पत्र (लाइसेन्स) निकाल्न पाइनन्। ‘पवित्रा दिदीको सहायताले छिट्टै टेम्पो चलाउन सिकेँ। तर टेम्पो चलाउन थालेको एक वर्षपछि आफू १९ वर्ष भएपछि मात्र लाइसेन्स निकालेँ’, उनले भनिन्।

टेम्पो चलाउन थालेको एक वर्ष पछि उनको सोच बदलियो। गाँउका आफ्ना साथीहरू विदेश गएर धैरै पैसा कमाइ हुने भनेपछि उनी पनि विदेशीने विचार गरिन्। २०७० सालमा उनी रोजगारीका लागि मलसिया उडिन्। तर, विदेश कहाँ सहज थियो र?उनी विदेश पुगेपछि गाउँका साथीसँग छुट्टिनु पर्‍यो।अस्पतालमा काम पाएकी उनलाई सोचेजस्तो काम भएन। ‘सोँचे जस्तो छैन विदेश’, उनले बिएलसँग भनिन्, ‘अरूको खटानमा बस्नुपर्छ, काम साह्रै गाह्रो हुन्छ।’ मासिक २५ हजार नेपाली कमाउने उनले खाना बस्न राखेर बचेको खर्च घर पठाउँथिन्।

जसो तसो मलेसियामा चार वर्ष बिताएर फर्किइन्। अब बिदेश जान्न बरू टेम्पf] चलाएर जिविका चलाउँछु भन्दै उनले नेपाल आएपछि पुनः टेम्पो चलाउन थालिन्। ‘अरू काम जानेको थिइनँ, केही समय सिलाई सिके पनि पुरा गरेको थिइनँ’, उनले भनिन्, ‘आफूले अरू काम नजानेकाले फेरि टेम्पो नै चलाउन थालेँ।’

हरेक दिन बिहान ६ बजेदेखि रातको ८ बजेसम्म उनी टेम्पु चलाउँछन्। कोठाबाट बिहानै निस्किने उनी खाना होटलमै खान्छिन्। दिनमा ७ टिपसम्म चलाउने उनी दैनिक ३ हजार देखि ३५ सयसम्म कमाउने गर्छिन्।‘टेम्पो मालिकलाई २२३० बुझाउनुपर्छ। आफूलाई थोरै बच्छ, तर पनि मलेसियामा काम गर्नुभन्दा यहाँ खुसी छु’ उनले भनिन्, ‘इमान्दार भएर टेम्पो चलाएबापत मालिकले ३६० रूपैया बोनस दिन्छन्।’
Previous Post Next Post