गोरखामा कोरोना संक्रमितको शब ब्यवस्थापनमा स्थानियले अवरोध गरे पछि ७ सेल अश्रुग्यास प्रहार, ४ प्रहरी घाईते


गोरखा – गोरखाको अबुवा क्षेत्रमा कोरोना संक्रमितको शब ब्यवस्थापनमा स्थानियले अवरोध गरे पछि प्रहरीले ७ सेल अश्रुग्यास प्रहार गरेको छ । स्थानियले ढुङ्गा प्रहार गर्दा ४ प्रहरी घाईते भएका छन् ।

गोरखा अस्पतालको आइसोलेशनमा उपचाररत ४४ बर्षिय पुरुषको शब ब्यस्थापनमा स्थानियले अवरोध गरि प्रहरी माथि नै ढुङ्गा प्रहार भए पछि प्रहरीले ७ सेल अश्रुग्यास प्रहार गरको हो । स्थानियले ढुङ्गाले हान्दा ४ जना नेपाल प्रहरीका जवानहरु समेत घाईते भएका छन् ।

शब ब्यवस्थापन स्थल लुदी दोभान क्षेत्र स्थानिय र प्रहरी बिच भएको भिडन्तका कारण केही बेर रणमैदान जस्तै बनेको थियो । अहिले स्थानियलाई प्रहरीले नियन्त्रणमा राखेको र शब ब्यवस्थानको काम सुरु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुले बताए ।

घाईते सबै प्रहरीलाई सदरमुकाम तर्फ ल्याईदै छ । लुदी दोभान क्षेत्रमा ठुलो संख्यामा नेपाल प्रहरी र शसत्र प्रहरी परिचालन गरिएको छ ।
Previous Post Next Post