कोरोना संक्रमण देखिए संगै गोरखाको आरुघाट बजार अनिश्चित कालका लागि बजार बन्द गरियो

गोरखा – गोरखाको आरुघाट बजार अनिश्चित कालका लागि बन्द गरिएको छ ।

भारतबाट घर बिदामा आएका १ जना पुरुषमा कोरोना संक्रमण देखिए संगै आरुघाट बजार अनिश्चित कालकालागि बन्द गएिको हो ।

आज आरुघाट गाउँपालिका ९ को वडा कार्यालयमा भएको सर्व पक्षिय भेलाले कोरोना संक्रमितको परिवार र सम्र्पकमा रहेकाहरुको स्वाबको रिर्पोट नआउदा सम्म बजार पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको आरुघाट बजारका ब्यापारी तथा सामुदायिक सेवा केन्द्र गोरखाका सदस्य बसन्तकुमार श्रेष्ठले टेलिफोन मार्फत जानकारी दिए ।

आरुघाट गाउँपालिका ९ आरुघाट बजार घर भई भारतीय सेनामा जागिरे भएका ४६ बर्षिय पुरुष घर बिदामा साउन १७ आरुघाट आएर २ दिन घरमा बसेर साउन १९ गते बिहानबाट पालिकाले निर्माण गरेको भिमोदय क्याम्पसमा रहेको क्वारेन्टाइनमा बस्दै गर्दा साउन २२ गते मात्र उनलाई कोरोना भएको पुष्टी भएको थियो ।

उनी घरमा बस्दा स्थानिय स्तरमा कोरोना संक्रमण भएको हुन सक्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयले उनको सम्र्पकमा आएका र परिवारको स्वाब संकलन गरि परिक्षणका लागि पठाएको छ । स्वाबको सबै रिर्पोट नआउदा सम्म आरुघाट बजार बन्द हुने ब्यापारी श्रेष्ठले बताए ।
Previous Post Next Post