कोरोनाका ५९४ नयाँ सङ्क्रमित थपिए


काठमाडौं, शुक्रबार, ३० साउन २०७७ । पछिल्लो चौबीस घण्टामा ५९४ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा ११ हजार ५७५ जनाको कोभिड–१९ पीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा ११ हजार ५७५ जनाको पीसीआर परीक्षण गरिएकोमा ५९४ जनामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।
हालसम्म सङ्क्रमित भएका बिरामीको संख्या २५ हजार ५५१ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा २४० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त भएकाको संख्या १७ हजार ७७ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल १४ हजार ६३८ जना क्वारेन्टिनमा छन् ।
Previous Post Next Post