सामाजिक संजाल भरी नै JUSTICE FOR NIRMALA PANTA

 काठमाडौँ, सोमबार, १ भाद्र २०७७ । करिव दुईवर्ष अगाडि बलात्कार गरि बिभत्स हत्या गरि मारिएकी निर्मला पन्तको आजको दिनसम्म पनि न्यायको लागि आवाज उठाउने संघसंस्थाको कमि छैन ।

कहिले सडक आन्दोलन , कहिले राके जुलुस , कहिले शान्तिपूर्ण त कहिले निकाय घेराउ ! तर अहिले सामाजिक संजालमा थालिएको आन्दोलन छुट्टै छ ।

सामाजिक संजालमा देशका उच्च अहोदामा बसेका राजनितीज्ञदेखि लिएर ठुला ठुला फेसबुक ग्रुपहरुमा ह्याच (#) ट्याग राखेर जस्टिस फर निर्मला पन्त अभियान थालिएको छ । प्रधानमन्त्रीको तस्वीरमै लगभग चार लाखको हाराहारीमा Justice For nirmala panta कमेन्ट देख्न सकिन्छ । यो डिजिटल आन्दोलनको सुरुवात हो ।

अहिलेको समयमा यो आन्दोलनले व्यापक नया मोड लिगेको छ । हरेक नेपालीको फेसबुक वालमा निर्मलालाई न्याय खोइ लेखिएको पोस्टर टासिएको छ ।
Previous Post Next Post