देशभर थप ४ कोरोना संक्रमितको मृत्यु, संख्या ९५ पुग्यो


काठमाडौं । देशभर थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै देशभर कोरोना पोजेटिभ देखिएका ९५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले हालसम्म ७३ पुरुष र २२ महिलाको कोरोनाका कारण मृत्यु भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो २४ घण्टामा महोत्तरी मटियानीका ४५ वर्षका पुरुषको रामजानकी अस्पताल, धनुषाका ८५ वर्षकी वृद्दाको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, अछामका १८ वर्षका पाटन अस्पताल र मोरङका ५७ वर्षका पुरुषको कोशी अस्पतालमा मृत्यु भएको हो । 
Previous Post Next Post