कोरोना अपडेट : ६३४ सङ्क्रमित थपिए, कुल ३१ हजार ११७


काठमाडौं, शनिबार, ६ भाद्र २०७७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ६ सय ३४ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ३१ ह्जार १ सय १७ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार ५ सय १९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
सङ्क्रमितमध्ये १ सय ८२ जना महिला र ४ सय ५२ जना पुरुष रहेको मन्त्रलायले जनाएको छ । पछिल्लो २४ घण्टामा १ सय ३६ जना सङ्क्रमित निको भई घर फर्केका छन् ।
Previous Post Next Post