सोमबारदेखि गोरखा एक साता लकडाउन


गोरखा, ३२ साउन २०७७ । गोरखाम सोमवार (भोली) देखि एक साता, भदौ ७ गते सम्म गोरखा लकडाउन हुने भएको छ ।
सार्वजनिक निजी सवारी, बैंक तथा बित्तिय संस्था, उद्योगधन्दा, ब्यापार ब्यवशाय सबै बन्द हुने भएको छ ।
खाद्यान्न र अत्यवास्यक औषधी पसल भने सामाजिक दुरी कायम गरी आवश्यक सुरक्षाका उपाए अपनाएर खोल्न पाईनेछ । पहिलो चरण जस्तै कडाईका साथ लकडाउन गर्ने निणर्य भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज बसेको कोरोना भाईरस रोकथाम नियन्त्रण र ब्यवस्थापन संम्बन्धि गोरखा जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले अत्यावश्यक बाहेकका सबै सेवा एक साताका लागि बन्द गर्ने निणर्य गरेको हो ।
Previous Post Next Post