बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८ जिल्लाका थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।
मृत्यु हुनेमा काठमाडौँ, ललितपुर, बारा, पर्सा, कास्की, कपिलवस्तु, रुपन्देही र बाँकेका रहेका मन्त्रालयले जनाएको छ । जसमध्ये ५ महिला र ३ पुरुष रहेका छन् । यससँगै मृतकको संख्या १ सय ८३ जना पुगेको छ ।
बिहीबार देशभर थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ५ सय ६९ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।