गोरखा अस्पताललाई बिरामीहरुको रगत परीक्षणका लागि अत्याधुनिक प्रयोशाला मेसिन


गोरखा, शुक्रबार, ३० साउन २०७७ । गोरखा अस्पताललाई बिरामीहरुको रगत परीक्षणका लागि अत्याधुनिक प्रयोशाला मेसिन उपलब्ध भएको छ ।
पूर्वप्रधानमन्त्री तथा जनता समाजबादी पार्टीका बरिष्ट नेता डा. बाबुराम भट्टराईले गोरखा अस्पतालमा आज आयोजित एक कार्यक्रमका बिच अस्पताल सञ्चालक समितिका अध्यक्ष पुरुषोत्तम अर्याललाई प्रयोगशाला मेसिन हस्तान्तरण गर्नुृभएको हो ।
करिब ७ लाख रुपैया पर्ने उक्त मेसिनबाट एकपटकमा ३६ प्रकारका रोगको रगतबाट नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको प्राबिधिकको भनाई छ । चिनको ग्वान्जाओ बायोटेक लिमिटेडको सहयोगमा प्राप्त मेसिन डा. भट्टराईले अस्पताललाई उपलब्ध गराउनु भएको हो ।
कम्पनीले उपलब्ध गराएको सोही प्रकारको अर्को मेसिन आपँपिपल अस्पताललाई पनि प्रदान गर्न लागिएको उहाँले जानकारी दिनभुयो । मेसिन जडानका लागि कम्पनीबाट चिनियाँ प्राबिधिको टोली आएको हो ।
Previous Post Next Post