२४ घण्टामा थप १०१६ जनालाई कोरोना सङ्क्रमण, जना ८० डिस्चार्ज


काठमाडौँ, मंगलबार, २ भाद्र २०७७ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप एक हजार १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या २८ हजार २ सय ५७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभरका विभिन्न ४० प्रयोगशालामा गरिएको परिक्षणका क्रममा पछिल्लो २४ घण्टामा एक हजार १६ जनामा सङ्क्रमण भेटिएको बताए । आजै ८० जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए। हाल नेपालका १० हजार ५ सय ६३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
नेपालका ४ जिल्लाहरु मनाङ्ग, मुस्ताङ्ग, डोल्पा, र हुम्ला अहिले कोरोना संक्रमित छैनन् । त्यस्तै, काठमाडौँ, पर्सा, रौतहट, महोत्तरी र मोरङ्ग जिल्लामा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्। हालसम्म नेपालमा १७ हजार ५ सय ८० जना निको भएका छन् भने ११४ जनाको मृत्यु भएको छ।
Previous Post Next Post