नेपालमा पनि ८८ वर्षकी वृद्धाले जित्नुभयो कोरोना

पोखरा । पोखरामा ८८ वर्षकी वृद्धा कोरोनामुक्त भई डिस्चार्ज हुनुभएको छ ।
पोखरा महानगरपालिका वडा नम्वर ३१  मोहोरियास्थित प्रदेश संक्रमण तथा सरुवा रोग अस्पतालबाट आइतबार ८८ वर्षकी देवीकुमारी गुरुङ डिस्चार्ज हुनुभएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
उहाँ सम्भवतः नेपालमा कोरोना जित्ने सबैभन्दा बढी उमेरको व्यक्ति हुनुहुन्छ
Previous Post Next Post