टिचिङ अस्पतालको आकस्मिक कक्ष सिल

काठमाडौं, बिहिबार, २९ साउन २०७७ । त्रिवि शिक्षण अस्पताल (टिचिङ) को आकस्मिक कक्षमा कार्यरत दुईजना मेडिकल अफिसरलाई कोरोना संक्रमण देखिएपछि आकस्मिक कक्ष सिल गरिएको छ । उहाँहरुमा बुधबार आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
अस्पतालका कोरोना भाइरस (कोभिड-१९) संयोजक डा. सन्तकुमार दासले आकस्मिक कक्षका मेडिकल अफिसरलाई कोरोना देखिएपछि उक्त वार्ड सिल गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार थप अन्य आकस्मिक वार्डका अन्य कर्मचारीहरुको (आज) नमुना संकलन गरिनेछ । उनीहरुको रिपोर्ट आएपछि मात्र आकस्मिक वार्ड नियमित गरिने उहाँले बताउनु भयो । हालसम्म अस्पतालको मेडिसिन वार्डमा कार्यरत चारजना नर्समा पनि संक्रमण देखिएको छ ।
Previous Post Next Post