शिक्षण अस्पतालका २ डाक्टर र ४ नर्सलाई कोरोना, आकस्मिक सेवा बन्द


काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत डाक्टर तथा नर्सलाई कोरोना पुष्टि भएको छ । आकस्मिक विभागका २ डाक्टर र ४ नर्सलाई बुधबार कोराना पुष्टि भएको अस्पतालका कोभिड संयोजक प्रा.डा. सन्तकुमार दासले जानकारी दिनुभयो । संक्रमित स्वास्थ्यकर्मीहरुमा कोरोनाका लक्षण देखिएको पनि उहाँले बताउनुभयो ।
आकस्मिक विभागका डाक्टर तथा नर्सलाई नै संक्रमण भएपछि उनीहरुबाट अरुलाई पनि सरेको हुनसक्ने भएकाले आजैबाट सेवा बन्द गरिएको उहाँले बताउनुभयो । हाल अस्पतालमा २४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५ जना आइसीयूमा उपचाररत छन् । 
Previous Post Next Post