पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि


बुधबार, २८ साउन २०७७ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकाका १३२ सहित देशभर ४८४ जनालाई कोरोना पोजेटिभ देखिएको बताउनुभयो ।
उहाँका अनुसार काठमाडौंमा १०९, ललितपुरका २१ र भक्तपुरका ८ जनासहित देशभर ४८४ लाई कोरोना पुष्टि भएको छ । हाल देशभर ७ हजार ६१३ जना सक्रिय संक्रमित रहेका छन् ।
Previous Post Next Post