दुर्गेशको आलुजस्तो गायक: रिलिज भएको २४ घण्टामै १ नम्बर ट्रेन्डिङमा

 ५ भदौ,  बिहीवार करिव ४ बजे तिर दुर्गेश थापाको नयाँ गीत आलु जस्तो गायक युट्युबमा रिलिज गरियो । रिलिज भएको छोटो समयमा नै अत्यधिक भ्युज आउन थालेको उक्त गीत युट्युबमा रिलिज भएको २४ घण्टामै अहिले नेपालको ट्रेन्डिङ नम्बर १ मा पर्न सफल भएको छ । इनाक्षी इन्टरटेन्मेन्ट मार्फत सार्वजानिक भएको गीतमा दुर्गेश थापालाई अहिले ट्रोल बनाइएको बिषयलाई समेटेर शब्द चयन र भिडियोको कन्सेप्ट तयार पारीएको छ ।

सानै देखी गायक बन्ने रुची भएको एउटा ठिटोले आफुलाई फरक ढङ्गले प्रस्तुत गर्न सफल भएपछी उनलाई संगित नसिकेर आएको गायक भनेर ट्रोल बनाउन थालिएकोले फ्रस्टेशनमा गएको एउटा पात्रको अभिनयमा प्रस्तुत भएका दुर्गेश आँफैले यो भिडियोमा मुख्य भूमिका गरेका छन । त्यस्तै भिडियोमा पल शाह, पुष्प खडका र सारीका केसी लाई पनि देख्न सकिन्छ ।

बसन्त थापाको शब्द र संगीत रहेको गीतमा दुर्गेश थापाको स्वर रहेको छ ।

शिव बिकको निर्देशन तथा कोरियोग्राफी रहेको उक्त गीतको भिडियोमा अर्जुन तिवारी र टोलीको सिनेमाटोग्राफीमा रहेको छ भने मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

हालसम्म यो भिडियोलाई युट्युब झन्डै ५ लाख पटक हेरिएको छ ।

Previous Post Next Post