नेपालमा ९२७ कोरोना सङ्क्रमित थपिए : १२ जनाको मृत्यु


काठमाडौँ, शुक्रबार, १२ भाद्र २०७७ । नेपालमा ९२७ कोरोना सङ्क्रमित थपिएका छन् । थप ३३४ महिला र ५९३ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३६ हजार ४५६ पुगेको जनाएको छ ।
नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १६ हजार १९ रहेका छन् । होम आइसोलेसनमा छहजार ४४६ र संस्थागत आइसोलेसनमा नौ हजार ५७३रहेका छन् ।
आइसीयूमा १६४ जना रहेका छन् भने भेन्टिलेटरमा २२ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा १६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५६ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २० हजार २४२ पुगेको छ ।
विदेशबाट फर्केका अधिकांश नेपाली क्वारेन्टिनमा बसेको छन् । यसरी उपचारपछि घर बस्ने सङ्ख्या आठ हजार ९३९ रहेका छन् ।
१२ जनाको मृत्यु
नेपालमा २४ घण्टामा सङ्क्रमित चार महिलासहित १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुने १९५ पुगेको छ । नेपालमा कुल सङ्क्रमितको अनुपातमा मृत्यु हुने प्रतिशत शून्य दशमलब ५३ प्रतिशत पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
Previous Post Next Post