गोरखामा भदौ १४ गते सम्म निसेधाज्ञा थपियो


गोरखा, ७ भदौं) । गोरखा जिल्लामा जारी निषेधाज्ञा एकसाता लागि थप भएको । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आइतवार बसेको बैठक बाट स्थानीय प्रशासनले भदौं १४ सम्म निषेधाज्ञाको अवधि थप गरेको हो ।             
समुदायमै कोरोना भाइरसको संक्रमण देखिन थाले पछि सोमवार देखि भदौं ७ देखि जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा अन्तर्गत एम्वुलेन्स तथा अत्यावश्यक सवारी बाहेक सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक, सरकारी तथा सार्वजनिक संस्थाले प्रदान गर्दै आएको सेवा बन्द, बैंक तथा वित्तिय संस्था बन्द गर्ने रहेको छ । औषधी, खाद्यान्न, पेट्रोलियम पदार्थ र तरकारी पसल बाहेक सबै पसल बन्द रहने, अत्यावश्यक काम बाहेक बाहिर हिडडुल गर्न समेत रोक लगाएको छ ।
Previous Post Next Post