काठमाडौँ महानगरपालिका वडा नम्वर ७, चाबहिलमा रहेको विनायक सिद्ध कलेज (भिएस कलेज) ले महिलाहरुको महान पर्व तीजको अवसरमा एसईई अनलाइन तीज डान्स प्रतियोगिता गर्ने भएको छ ।
गत वर्षको निरन्तरता स्वरुप यस वर्ष पनि नेपाली कला र संस्कृतिको उत्थान तथा उनन्वयनका लागि एसईई अनलाइन तीज डान्स प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ ।
प्रतियोगितामा देशभरबाट एसईईमा सहभागि भएका छात्राहरुले सहभागिता जनाउन सक्नेछन् । सहभागी हुनका लागि विनायक सिद्ध कलेजको फेसबुक पेज लाईक गरि पोष्ट गरिएको गुगल फर्मको लिंकमा क्लिक गरि फर्म समिट गर्नु पर्नेछ । सो पश्चात कम्तिामा २ देखि ३ मिनेटसम्मको तीज गीत नृत्य भिडियो कलेजको ईमेल vinayaksiddhacollege.edu@gmail.com मा भाद्र ३ गतेसम्म पठाउनु पर्नेछ